(१) नेपाल सरकार, अर्थ मन्त्रालयले अन्यथा तोकेकोमा बाहेक आयात हुने वस्तुमा भन्सार अधिकृतले यस ऐन बमोजिमको कर असुल गर्नेछ ।
(१क) नेपालभित्र उत्पादन भएको वा तयार भएको मालवस्तु भन्सार कार्यालयबाट निकासीको प्रक्रिया पूरा भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित पार्टीले लिन अस्वीकार गरी वा अन्य कारणले पुनः पैठारी गरी ल्याई त्यस्तो मालवस्तु पैठारी भएको तीन महिनाभित्र निकासी गर्ने भएमा यसरी फिर्ता ल्याउँदाको बखत लाग्ने मूल्य अभिवृद्धि कर धरौटीमा राखी छाड्न सकिनेछ र त्यस्तो मालवस्तु पुनः निकासी भएपछि उक्त धरौटी फिर्ता दिइनेछ । यसरी धरौटीमा राखिएको र फिर्ता गरिएको रकमको विवरण सम्बन्धित भन्सार कार्यालयले........ विभागलाई दिनु पर्नेछ ।
(२) आयात हुने वस्तुको सम्बन्धमा कर असुल उपर गर्न भन्सार अधिकृतले यस ऐन र प्रचलित भन्सार ऐन बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ ।